Shop Online For Books | Stationery | Fashion | Gift Items

Tapaswi Pahad – Shasi Lumumbu

200

Availability: 5 in stock

SKU: Tapaswi Pahad (RBD) Categories: , , Tags: ,

Tapaswi Pahad – Shasi Lumumbu

पूर्वी पहाडको पञ्चायतकालीन भोजपुरमा निरङ्कुश राजतन्त्र र व्यवस्थाविरोधी कविता रचेर वाचन गरेपछि शासकीय अदालतमा राजद्रोहको अभियोग खेप्दै स्वाभिमानी अहम् बोकेर अक्षरको ब्रह्माण्डमा प्रक्षेपित भएका शालीन र शान्त स्वभावका मृदुभाषी तर विद्रोही कवि शशी लुमुम्बू (२०२७) कठोर स्व-सङ्घर्षका गौरवमय निर्मिति हुन् । ग्रामीण सभ्यताका निर्दोष पहेलीहरूप्रति असीम अनुराग तथा सहरी सभ्यताका कुरूप स्थापत्यहरूप्रति तीव्र विराग बोकेर शशीका कविताले कृषि युगबाट औद्योगिक युगमा रूपान्तरण हुने दोसाँधमा उभिएको हाम्रो समयलाई काव्यिक आँखाले नियालेका छन् ।
कैयौँ भर्जिन बिम्ब, समाज रूपान्तरणको पारदर्शी आग्रह, युगले भोगेका पीडाका उत्तोलनजस्ता विशेषताहरू बोकेका कविताभित्र समय-संवेदनाको एक रोचक अध्याय भेटिन्छ, जसले मस्तिष्कलाई चेतना र हृदयलाई सौन्दर्यद्वारा रञ्जित गर्ने सामर्थ्य राख्दछन् ।
साहित्यिक-सामाजिक अभियन्तासमेत भएर सुन्दर समाज निर्माणको लक्ष्यमा अविचल अगाडि बढिरहेका कवि शशी नयाँ पुस्ताका लागि प्रेरणा र अग्रज पुस्ताका लागि भरोसाका प्रतीक हुन् । सहरमा उम्रिएका कतिपय हल्ला-कवितामा जस्तो तपस्वी पहाडभित्र विषय र भाषिक संरचनाका बजारिया फेसन भेटिँदैनन् । कवि शशीले धार्मिक र आध्यात्मिक मानेबाट तपस्वी’ शब्दलाई ‘सेक्युलराइज’ गर्दै अविचलन र चट्टानी धैर्यको भाववाहकको रूपमा प्रयोग गरेका छन् । कुनै समय आइरिस लेखक जेम्स जोइसले इपिफ्यानी शब्दलाई यसै गरी ‘सेक्युलराइज गरेका थिए ।
वि.सं २०६२ मा प्रकाशित पहाडबूढो कविताकृतिबाटै नेपाली काव्य-जगत्मा आफ्नो भिन्न चिनारी बनाइसकेका शशी जीवन, सङ्घर्ष र उज्यालोका मार्मिक र शक्तिशाली कविता रच्ने तथा आस्था र गन्तव्यलाई सदैव शिरोपर गरिहिँड्ने आफैंमा एक तपस्वी’ हुन् ।
सुरेश हाचेकाली
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon