Shop Online For Books | Stationery | Fashion | Gift Items

Sense Common Sense Nonsense – Shyam Gotame

150

Availability: 5 in stock

SKU: Sense Common Sense Nonsense (RBD) Categories: , , Tag:
श्याम गोतामे नेपाली हास्यव्यङ्ग्य निबन्ध क्षेत्रका एक चर्चित, प्रभावशाली एवम् अथक् साधक हुनुहुन्थ्यो । वि.सं. २००९ सालमा गौरस्थित श्री ३ जुद्ध हाइस्कूलमा एकैचोटी ९ कक्षामा भर्ना हुनुभएका उहाँले २०११ सालमा प्रवेशिका र २०१३ मा प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । २०१३ साल असार १७ गते पद्मादेवी शर्मासँग वैवाहिक जीवन प्रारम्भ गर्नुभएका गोतामेका दुई छोरा र दुई छोरी छन् ।
उहाँको पहिलो हास्यव्यङ्ग्य रचना ‘मैले पनि पिउन सिके’ वि.सं. २०२५ साल माघ २६ गतेको ‘गोरखापत्र’मा प्रकाशित भएको थियो । त्यसपछि ‘गोरखापत्र’, ‘समीक्षा’, ‘प्रतिध्वनि’, ‘रूपरेखा’, ‘मातृभूमि’ जस्ता पत्रपत्रिकामा प्रकाशित हास्य-व्यङ्ग्यात्मक रचनाहरू समेटिएर कौवा प्रकाशनबाट उहाँको पहिलो कृति ‘मपाइँ’ (२०२६) निस्कियो ।
‘जनमञ्च’, ‘कान्तिपुर’, ‘गोरखापत्र’, ‘राजधानी’, ‘मधुपर्क’ लगायतका दर्जनौँ पत्रिकामा उहाँका फूटकर हास्यव्यङ्ग्य एवम् स्तम्भ प्रकाशित हुँदै आए। यसका साथै उहाँका ‘जदौ !’ (रत्न पुस्तक भण्डार, २०२७), ‘कायेनवाचा’ (साझा प्रकाशन, २०३३) र ‘श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य’ (ने.रा.प्र.प्र., २०४६) लगायतका हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् ।

Sense Common Sense Nonsense – Shyam Gotame

Weight 0.3 kg
Authors

Language

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon