Shop Online For Books | Stationery | Fashion | Gift Items

Samyogka Panaharu (HB) – Gopal Parajuli

1,025

Availability: 5 in stock

SKU: Samyogka Panaharu (HB) (RBD) Categories: , , Tags: ,
जीवन, जगत् र यसको परिवेश गणितीय हिसाबले चल्दैन । विचार, विवेक, बुद्धि, साधना र ज्ञानको प्रयोगबाट मात्र जीवनबोध सम्भव छ । यिनै तत्त्वहरूका सम्मिश्रणबाट उत्प्रेरित कृतिहरूले कसैलाई हानि पुऱ्याउँदैनन् किनभने तिनले जीवनलाई सही अर्थ र तरिकाबाट बुझ्न सहयोग गर्दछन् ।
। कुनै पनि समाजको सभ्यताको पहिचान मूलतः त्यहाँको न्याय व्यवस्थाले प्रकट गरेको हुन्छ । न्याय मानव जातिभित्र रहेको विवेक र शुद्ध अन्तस्करणको आवाज हो; जसलाई प्रमाण, कानुन र विवन्धनका सिद्धान्तले खुम्च्याउन सक्दैन । सोझा, निमुखा र दबिएका नागरिकको न्यायमा पहुँच आजको आवश्यकता हो ।
। सत्य यदाकदा लुकेको हुन्छ, त्यसलाई प्रकट गर्न नदिने हल्लाहरूले कालान्तरमा राष्ट्र, समाज र नागरिकहरूलाई हानि पुयाउँछन् । हामी अधिकांशतः नियोजित र बनावटी यथार्थ भोगिरहेका छौं । यसमा केही बिग मिडियाहरूको गैरजिम्मेवारीपन र कोरा व्यापारिक स्वार्थपूर्ण मानसिकता हावी रहेको छ । सत्य, तथ्य र यथार्थको ज्ञान तथा हाम्रो माटोको स्वाधीनताको पहिचान र राष्ट्रिय अस्मिताको संरक्षण हाम्रो चुनौती बनेको छ ।

Samyogka Panaharu (HB) – Gopal Parajuli

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon