Shop Online For Books | Stationery | Fashion | Gift Items

Samajbadi Krantiko Karyadisha – Manhari Timilsina

549

Availability: 5 in stock

SKU: Samajbadi Krantiko Karyadisha (RBD) Categories: , , Tags: ,
पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जामा २०४१ असार २ गते बुवा तेजराज पाध्या र आमा टुल्कीदेवी शर्माको कोखबाट जन्मिनुभएका मनहरि तिमिल्सिना मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष र लोकपाटी मिडियाका अध्यक्ष प्रधान सम्पादक हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्कुल विभाग र प्रदेश समिति, नेपाल बुद्धिजीवी संगठन लगायत राजनीतिक एवं सामाजिक संस्थामा आबद्व उहाँ जनसांस्कृतिक महासंघका
पूर्वमहासचिव र प्रधानमन्त्रीका पूर्व-प्रेस संयोजक हुनुहुन्छ । २०५५ सालदेखि माओवादी आन्दोलनमा सक्रिय तिमिल्सिनाले जनयुद्धको दौरानमा एक वर्षभन्दा लामो अवधि हिरासत जीवन व्यतीत गर्नुभएको थियो । मार्क्सवादी अध्ययन र लेखनमा स्नच राख्नुहुने तिमिल्सिनाका जनताको जनवादका आधारहरु (सहलेखन) र ‘कम्युनिस्ट स्कुल’ प्रकाशित छन् ।
000
एक्काइसौं शताब्दीमा विश्व राजनीति, अर्थतन्त्र, विज्ञान-प्रविधिको विकास र नेपालमा विकसित वस्तुगत परिस्थिति एवं कम्युनिस्ट आन्दोलनको आत्मगत परिस्थितिको जगमा वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा संश्लेषण गर्नु कम्युनिस्ट क्रान्तिकारीहरूको महत्त्वपूर्ण कार्यभार हुन आएको छ । हाम्रो पार्टी आसन्न राष्ट्रिय सम्मेलनमार्फत् एक्काइसौं शताब्दीमा वैज्ञानिक समाजवादी कार्यदिशाको संश्लेषण गर्ने प्रक्रियामा छ । यस सन्दर्भमा कमरेड मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तक ‘समाजवादी क्रान्तिको कार्यदिशाले महत्त्वपूर्ण सघाउ पुयाउने विश्वास व्यक्त गर्दछु ।
1- प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
कमरेड मनहरि तिमिल्सिनाद्वारा लिखित ‘समाजवादी क्रान्तिको कार्यदिशा’ समाजवाद सम्बन्धी अवधारणा र त्यसको विकासक्रम, कम्युनिस्ट आन्दोलनको विकास र नेपालमा समाजवाद निर्माण सम्बन्धी अवधारणा र कार्यदिशाहरूबारे बुझ्नका निम्ति एउटा पठनीय सामग्रीका रूपमा रहेको छ । लेखकलाई हार्दिक बधाई एवं थप प्रगतिका लागि शुभकामना छ ।
– डा. बेदुराम भुसाल, महासचिव, नेकपा (एकीकृत समाजवादी)

Samajbadi Krantiko Karyadisha – Manhari Timilsina

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon