Shop Online For Books | Stationery | Fashion | Gift Items

Rajendra Subedika Samakalin Samalochana – Dubasu Chhetri

600

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Rajendra Subedika Samakalin Samalochana (RBD) Categories: , , Tags: ,
समालोचना खण्डमा १४ ओटा समालोचना छन्– गजलको सिद्धान्त : शास्त्रीय परिचय, समूह कविता आजको मान्छेको कविता : छोटो अध्ययन, केही मनोविश्लेषणीय बिन्दुहरू : अनुराधा उपन्यासभित्रकै, एकाङ्की कलीभित्रका एकाङ्कीहरूमा भीमनिधि तिवारी, अश्वमेध यज्ञका घोडाहरूमा रूपगत सौन्दर्यको परीक्षण, राधा : नवचेतनाका आधारमा प्रस्तुत भएको उपन्यास, सुभद्रा बज्यैको केन्द्रमा भवानी भिक्षुको लघुउपन्यासकारिता, कतिपय कोणबाट आज रमिता छ उपन्यासको अध्ययन, नेपाली साहित्यको इतिहासलेखनका त्रुटि र निराकरणका सम्भावना, वैचारिक प्रतिबद्धताको सङ्कट घनचक्कर उपन्यास, छिनार कथाको वस्तु र संरचना, कवि कृष्णभूषण बलको भोलि बास्ने बिहान : छोटो अध्ययन, मञ्चनाटकदेखि पर्दानाटकसम्म : नाटककार गौतम, लैनसिंह बाङ्देल र उनको माइतघर उपन्यास | .. भूमिका खण्डमा विभिन्न पुस्तकका लागि लेखिएका १० ओटा भूमिका छन्- सूक्तिसिन्धुमाथि एक दृष्टि प्रक्षेपण, मैत्री एक्सप्रेसमा हरिकुमार श्रेष्ठको संस्मरण र नियात्रा सृजनाको प्राप्ति, गजलकार डा. दुबसु क्षेत्रीको निर्बन्ध मनमा अनुबन्धित चेतना, पं. लेखनाथ पौड्याल र उनको भर्तृहरिनिर्वेदको नाट्यकारिता, सङ्गीत चन्द्रोदयको पुनःसम्पादन अभिमत तथा पाठालोचन, यात्रानुभूतिको प्रतिफलन गान्धीको गाउँतिर, मोतीराम भट्टका काव्यकृतिमा निहित काव्यायन : उषाचरित्र र मनोद्वेग प्रवाहको काव्यिक सौन्दर्य, निदाउन नसकेका रातहरूका कथामा सामाजिक-सांस्कृतिक बिम्ब, विष्णु नवीनको चिन्तन र उनका रचनाको प्राप्ति र ‘तासकन्दमा महाकवि देवकोटा’ का सीमामा सिग्देलको सृजनाचेत ।
भूमिकाहरूमा आशीर्वचनका औपचारिक हरफ छैनन्, उच्च समालोचकीय चेत छ । विविध कोणबाट कृति र कृतिकारका वैचारिक मान्यता, कृतिको संरचना र प्रवृत्ति उत्खनन गरिएका यी भूमिकामा लेखक र कृतिको समग्र जीवन दर्शन उपस्थित छ । मोतीराम भट्ट, लेखनाथ पौड्याल तथा नयाँ पुस्ताका हरिकुमार श्रेष्ठ, दुबसु क्षेत्री, गोपाल अश्क तथा सुधन पौडेलहरूका कृतिका भूमिकाले यो तथ्य पुष्टि गरेका छन् ।
(यसै पुस्तकको सम्पादकीयबाट)

Rajendra Subedika Samakalin Samalochana – Dubasu Chhetri

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon