Shop Online For Books | Stationery | Fashion | Gift Items

Prithivi Sawarei – Suresha Hachekali

150

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Prithivi Sawarei (RBD) Categories: , , Tags: ,
आजभन्दा झन्डै बीस वर्षअघि यही काठमाडौंमा सुरेश हाचेकालीसित मेरो पहिलो भेट भएको थियो | कवि भूपिको कवितांशमैं शुभ्र, शान्त र स्निग्ध युवा सुरेशले त्यतिबेला मलाई गीत सुनाएका थिए, जुन गीत मैले तत्कालै जनार्दन आचार्य सम्पादित ‘समकालीन साप्ताहिकमा छपाएँ । त्यसपछि उनको रचनाको एक सतर्क पाठकको रूपमा आजसम्म छु | ‘पद्य होस् अथवा गद्य’ पत्रिकामा उनका नयाँ रचना आउनासाथ. म पढिहाल्छु ।
अङ्ग्रेजी साहित्यको गहिरो अध्ययन गरिरहेका सुरेश गीत, कविता, निबन्ध, समालोचना मात्रै लेख्दैनन्, उनले चक्रव्यूह सञ्चेतना नामको साहित्यिक आन्दोलन नै चलाएका छन् । जसले जगत्लाई हेर्ने अर्को वैकल्पिक दृष्टि दिएको ठान्छु म । यही अवधारणालाई विस्तार गर्दै यो नयाँ कवितासङ्ग्रह आएको छ । यसभित्र उनको आफ्नै चिन्तनधारा र शैलीमा समयको नसुनिएको तर सुन्नै पर्ने आवाज छ | समकालीन पुस्तामा काव्यमाथि आफ्नो छुट्टै भाषा र धारणासहित उपस्थित भएका थोरै सर्जकमध्येका सुरेशका कविताहरूले उनको पुस्तालाई मात्रै नभएर अग्रजहरूलाई समेत सोच्न बाध्य पार्ने सामर्थ्य राख्छन् । त्यो उनले मानिस र समाजलाई हेर्ने विश्वदृष्टि र जीवनदृष्टिको परिपक्वताले हो भन्ने मलाई लाग्छ ।
श्रवण मुकारुङ

Prithivi Sawarei – Suresha Hachekali

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon