Nepalma Mero Khojyatra – Tony Hagen |
टोनी हागन सन् १९५० मा स्वीस सरकारले ६ महिनाका लागि नेपाल पठाएको प्राविधिक सहयोग टोलीको सदस्यका रूपमा पहिलोपटक नेपाल आएका थिए । त्यस प्राविधिक सहयोग टोलीको मुख्य काम नेपालमा पश्चिमा शैलीको विकास पद्धति थाल्न र प्राकृतिक खनिज भण्डार पत्ता लगाउन नेपाल सरकारलाई मद्दत गर्नु थियो । सरकारको अनुमतिबेगर विदेशीहरूले नेपाल आउन र काठमाडौंबाहिर यात्रा गर्न नपाउने त्यस्तो बेलामा स्वीस टोलीको सदस्य भएका नाताले टोनी हागनले नेपालको ग्रामीण इलाका चहार्न पाए । त्यस घुमाइको अनुभवबाट हागनलाई त्यति बेलासम्म ‘अज्ञात भूमि’ भनेर चिनिएको नेपालबारे अझै जान्ने बुझ्ने कौतूहल जाग्यो । उनको नेपालसितको पाँच दशकभन्दा लामो र निकट सम्बन्धको सुरुआत त्यहाँबाट भएको थियो । |
Prasanna Poudel (Verified Reviewer) –
Good