Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepalma Bidhyalaya Shiksha – Debendra Upreti Lokranjan Parajuli

300

Availability: 5 in stock

SKU: Nepalma Bidhyalaya Shiksha (RBD) Categories: , , Tag:
अहिले “शिक्षा” नेपालका पनि सबै घर-परिवारको सरोकारको विषय हो । सामान्य जनमानसको समेत अभिन्न अंग बनेको शिक्षा जस्तो महत्त्वपूर्ण, बहुप्रभावी र सबैको सरोकारको विषयलाई केन्द्रमा राख्दै यसका विभिन्न पहलूहरूमा एक त हामीकहाँ पर्याप्त अध्ययन-अनुसन्धान भएको छैन । अर्को, भएकै मध्ये जति पनि पुस्तकाकार र प्राज्ञिक लेख वा प्रतिवेदनको रूपमा बाहिर आएका छन्, तिनको ठूलो हिस्सा अंग्रेजी भाषामा प्रकाशित छ । विद्यालय शिक्षाको वरिपरि रहेर नेपाली भाषामा लेखिएका अलि गहन प्राज्ञिक सामग्रीको अभावै छ । नेपालमा विद्यालय शिक्षा : सामुदायिकीकरण, संघीयता र विपद्ले सो अभाव केही हदसम्म पूर्ति गर्नेछ।
पुस्तकमा सामेल नौ ओटा लेखले पछिल्लो समय नेपालको विद्यालय शिक्षासँग सम्बन्धित केही प्रमुख मुद्दा, परिवर्तन, र चुनौतीहरूलाई मसिनो गरी केलाएका छन् । पहिलो खण्डका चार लेख सार्वजनिक विद्यालयहरूको सामुदायिकीकरण र शिक्षा नीति-निर्माणको राजनीतिमा केन्द्रित छन् । मुलुकले धर्मनिरपेक्षता र संघीयता अँगाली सकेपछिका विद्यालय शिक्षाका केही आयाम दोस्रो खण्डका तीन लेखले केलाएका छन् । तेस्रो खण्डमा सामेल दुई लेखमा विद्यालय शिक्षामा विपद्ले पारेको प्रभाव केलाइएको छ । नेपालको शिक्षा क्षेत्रमा चासो र रुचि राख्ने सबैलाई यो पुस्तक उपयोगी छ ।

Nepalma Bidhyalaya Shiksha – Debendra Upreti Lokranjan Parajuli

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon