Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Nepalka Pratham Janabidrohi Shahid Lakhan Thapa Magar – Jeeban Ale Magar
NPR425.00
Availability: 1 in stock
Nepalka Pratham Janabidrohi Shahid Lakhan Thapa Magar – Jeeban Ale Magar |
जङ्गवहादुर राणाले नेपालको शासनको बागडोर आफ्नो हातमा लिएपछि गोरखाबाट नै उनको विरुद्धमा विद्रोह सुरु भयो । गोरखा बुङ्कोटका लखन थापामगरले मनकामनाले गोरखाको राज्य मलाई दियो भनेर विद्रोह गरे। गोरखा, सात थरका सुपति गुरुङ र शुकदेव गुरुङले ‘नौ सरकार बौद्ध वादशाह’ भएँ भनेर विद्रोह गरे । लखन थापामगरलाई उनकै घरको आँगनको डिलको रुखमा झुण्ड्याएर मारिदिए। उनको घर र पूजाकोठा भत्काएर पाताल बनाइदिए। यिनै लखन थापा मगरलाई नेपालको प्रथम शहीद मानिन्छ। डा. जगमान गुरुङ, उपकुलपति, नेपाल प्रज्ञा-प्रतिष्ठान राणा शासनको सुरुवाती कालमा नै जहानियाँ एकतन्त्रीय शासनको विरुद्ध बुलन्द आवाज उठाइ शहादत प्राप्त गरेका तथा नेपाल सरकारबाट विधिवत् रुपमा पहिलो शहीदको रुपमा सम्मानित भएका लखन थापा मगरले दिएका अमूल्य योगदान नेपालको इतिहासमा एउटा स्वर्णिम पृष्ठको रुपमा रहेको छ। __प्रा.डा. त्रिरत्न मानन्धर (त्रिभुवन विश्वविद्यालय) विद्रोही नेता लखन थापा, उनका सहयोद्धा जयसिंह चुमी लगायत फाँसीमा झुण्ड्याइएका अरु शहीदहरु प्रति राज्यले उचित सम्मान र सत्य तथ्य खोजी इतिहासको उत्खनन् गर्ने काम त्यति हुन सकेको छैन । अपवादमा शासकहरुको स्तुतिगान र चाकरीका लागि लेखिएका बाहेक जनताका इतिहासहरु लेखिएका छैनन् । निर्दलीय पञ्चायती कालमा विद्रोही व्यक्तिहरुको सत्यतथ्य इतिहास लेखे जनताहरु व्यवस्थाकै विरुद्ध जागरुक हुन्छन् भन्ठानेर वास्तविकता भन्दा बाहिर रहेर इतिहास लेखिएका छन् । देश र जनताका हितका निम्ति प्राणोत्सर्ग गर्ने वीर शहीदहरुको वास्तविक अमर गाथा खोजविन गरी लेख्नु र जनतासामु उजागर गर्नु हाम्रो कर्तव्य हो । यस जटिल र महान् कार्यमा निरन्तर कलम चलाई क्या. लखन थापा मगर, सहयोद्धा जयसिंह चुमी मगर र अन्य अज्ञात योद्धाहरुको वास्तविकतालाई उधिन्ने काम गरी लेखक तथा यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आलेमगरले यस पुस्तकमा उक्त विद्रोहको सजीव चित्रण गरेका छन् । रमेश वावु थापा मगर, अध्यक्ष, शहिद लखन गाउँपालिका, गोरखा |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.