Nakorieka Sandharbhaharu – Anita Dhungel

NPR550.00

Availability: 4 in stock

SKU: Nakorieka Sandharbhaharu (RBD) Categories: , , Tag:
Weight0.3 kg
Authors

Language

प्रस्तुत नकोरिएका सन्दर्भहरू (प्रा.डा. अञ्जनीकुमार शर्माको जीवनचरित) अंग्रेजी साहित्यकी प्राध्यापक अनीता ढुङ्गेलद्वारा नेपालीमा लेखिएको पहिलो पुस्तकाकार कृति हो । यस कृतिले अनीतालाई नेपाली साहित्यका पाठकमाँझ सुरूमै जीवनीकारको परिचयमा अगाडि ल्याएको छ । स्मरणीय छ, नेपाली साहित्यमा यस विधामा कलम चलाउने नारीस्रस्टाहरूको संख्या उति धेरै छैन । त्यसमाथि पनि पुत्रीको कलमबाट पिताको जीवनीबारे लेखिएको पुस्तक पढ्न पाउनु भनेको त अझै दुर्लभ कुराजस्तो भइरहेको अवस्था छ हाम्रोमा । यस परिप्रेक्ष्यलाई दृष्टिगत गरी भन्नुपर्दा अनीताको यो आगमन निकै महत्वपूर्ण हो लागेको छ मलाई । आफ्ना पिताजी प्रा.डा. अञ्जनीकुमार शर्माप्रतिको असीम श्रद्धा र सम्मानको अभिप्रेरणाले उठेको कलमले यस कृतिभित्र अनीताले उनको आदर्श जीवनको इतिवृत्तान्तलाई एक्कैसाथ औपचारिक र अनौपचारिक भंगिमामा पस्केकी छन् । हार्दिकतापूर्ण शैलीको मिठासले सिंगारिएको यस कृतिमा उनले आफ्ना पिताजीको जीवनका विभिन्न पक्षहरूमाथि प्रकाश पार्ने क्रममा ठाउँ-ठाउँमा विभिन्न कविका कविताका हरफहरू उद्धृत गर्नुका साथसाथै विभिन्न महत्वपूर्ण वाणीहरूसमेत सम्झन भ्याएकी छन् । त्यति मात्र होइन, यसमा उनले अनुसन्धान विधिको सैद्धान्तिक प्रयोग गरी जीवनी लेखनका क्षेत्रमा नयाँ ढाँचा पहिल्याउनसमेत चासो देखाएकी छन् । मलाई लाग्छ, यी आदि कारणले गर्दा उनको यो कृति विशेष पठनीय बनेको छ।
-डा. ज्ञानू पाण्डे (प्राध्यापक/त्रिविवि)

Nakorieka Sandharbhaharu – Anita Dhungel

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Flash Sale!!

Get 20 % Off On Books. Enter code FLASHSALE20 at checkout. Limited Time Only. 

Get Up To 25 % Discount On Books, Free Delivery Depending On Your Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop