इभान पाभ्लोभिच मिनाएभ सन् १८७५ मा नेपाल आएका थिए जतिखेर नेपालको शासनको बागडोर जङ्गबहादुरको हातमा थियो । सेन्ट पिटर्सबर्ग निवासी मिनाएभ ख्रीष्टाब्दको उन्नाइसौँ शताब्दीमा नेपाल आउने औंलामा गन्न सकिने युरोपेलीहरूमा पर्छन् भने नेपाल भूमिमा पाइला टेक्ने उनी पहिलो रूसी थिए। मिनाएभ त यसै पनि पूर्वीय संस्कृति एवं इतिहासका अध्येता थिए र उनको नेपाल आउने उद्देश्य नै आफ्नो अध्ययन अनुसन्धानलाई अघि बढाउनु थियो। आफ्नो नेपाल बसाइमा उनले जति देखे र जति बुझे त्यसका आधारमा नेपालबारे सर्सरती परिचयात्मक विवरण लेखेका थिए। नेपाली इतिहासको अध्ययनमा मिनाएभले लेखेको यस विवरणको आफ्नै उपयोगिता छ। |
Minayev Ra Nepal – Krishan Prakasha Shrestha
Reviews
There are no reviews yet