Shop Online For Books | Stationery | Fashion | Gift Items

Maoko Antim Mahaladai – Khop Bahadur Kadel

799

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Maoko Antim Mahaladai (RBD) Categories: , Tag:
यो पुस्तक प्रसिद्ध अमेरिकी पत्रकार एवं विश्लेषक रेमण्ड लोट्टाद्धारा अंग्रेजी भाषामा सम्पादित (And Mao makes five) पुस्तकको नेपाली अनुवाद हो । चीनमा समाजवादी क्रान्ति सम्पन्न गर्ने सन्दर्भमा ल्युशाओची, देङ शियाओ पिङ, लगायतका दक्षिणपन्थीहरु र उनीहरूको पुँजीवादी कार्यदिशाविरूद्ध कमरेड माओले भीषण संघर्ष गर्नुभयो । त्यही शिलशिलामा उहाँले सर्वहारा अधिनायकत्वको सुदृढीकरणको निम्ति निरन्तर, क्रान्तिलाई अगाडि बढाउने क्रममा वर्गसंघर्षको उच्चतम अभिव्यक्ति र मार्क्सवादको सर्वोच्च संश्लेषणको रूपमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुत्रपात गर्नुभयो र चिनियाँ समाजवादी समाजमा त्यसको कार्यान्वयनको नेतृत्व गर्नुभयो । सर्वहारा सांस्कृतिक क्रान्तिमा माओलाई साथ दिने नेतृत्वका रुपमा चाङचुङ चियाओ, चियाङचिङ, वाङ्हुङ्ग वेन र याओ वेन युवानले आफूलाई क्रान्तिकारी नेतृत्वका रूपमा विकास गरे, जसलाई यस पुस्तकमा वामपक्ष भनिएको छ । सन् १९६६ देखि १९७६ (माओ जीवित छंदा) सम्म चलेको महान् सर्वहारा सांस्कृतिक क्रान्ति अत्यन्त पेचिलो र दुनियाँभरिका कम्युनिस्ट क्रान्तिकारीहरूका निम्ति निकै शिक्षाप्रद एवं प्रेरणादायी रह्यो । यही सांस्कृतिक क्रान्तिका क्रममा दुवै (वाम-दक्षिण) पक्षबाट प्रकाशित लेख, रचना, दस्तावेजहरु र कार्यक्रमहरुको संगालो यो पुस्तक नेपाली क्रान्तिकारीहरुका निम्ति पनि उपयोगी हुनेछ भन्ने विश्वास लिइएको छ ।

Maoko Antim Mahaladai – Khop Bahadur Kadel

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon