Shop Online For Books | Stationery | Fashion | Gift Items

Manusya Hunuko Kala – Osho

375

Availability: 5 in stock

SKU: Manusya Hunuko Kala (RBD) Categories: , , Tags: ,

Manusya Hunuko Kala – Osho

यसै पुस्तक भित्रबाट…. मन एउटा भ्रम हो- जुन छदैछैन, तर हामीलाई छ भन्ने लाग्छ । र, मनले आफू भएको यति धेरै अनुभव गराउँछ कि हामी स्वयम् नै मन हुँ भन्ने सोच्न थाल्छौँ मन एउटा माया हो, ठीक सपनाजस्तै । यो साबुनको फिजजस्तै हो, जसको भित्र केही पनि छैन तर त्यो नदी माथि तैरिरहेको साबुनको फिंजजस्तो देखिन्छ । उदाउँदो सूर्यको किरण त्यसमा पर्यो भने उक्त फिंजको डल्लोमा इन्द्रधनुष देखिन्छ तर त्यस मित्र केही पनि हुँदैन ।
म तिमीभित्र भएको परमात्माको त्यो ज्योति देख्न सक्छ, जुन ठीक मनको एउटा कुनामा छ । एकपटक मात्र तिमीलाई त्यसको झल्को मिल्यो भने फेरि त्यो ज्योति तिनै बन्नेछ । म तिमीलाई कयौँ तरिकाबाट त्यसतर्फ धक्का दिन्छु जसबाट त्यसको झल्को मिलोस् । यदि तिमी त्यसबाट चुक्यौ भने तिमी नै त्यसको जिम्मेवार हुने छौ , कोही अरु होइन ।
त्यहाँ कुनै नर्क नै छैन, र हुन पनि सक्दैन । परमात्मा यति धेरै समृद्ध छन्, उनको करुणाले सबै ठाउँ स्वर्ग हो । उनकै अतिरेकबाट बगिरहेको करुणाको प्रसाद होस्वर्ग। त्यहाँ नर्क हुनैसक्दैन । नर्क त यिनै साधु-सन्यासीहरुले निर्मित गरेको हुन्, जो पापीहरू स्वर्गमा भएको कल्पनासमेत गर्न सक्दैनन् । मानिसहरूलाई विभाजित गरेर आफू विशिष्ट स्थान प्राप्त गर्नका लागि कथित नर्क सिर्जना गरेका हुन् ।
यदि तिमी विनम्र छ भनेर भन्छौ भने तिमी विनम्र छैनौ । कसले दावी गरिरहेको छ विनम्रताको ? विनम्र हुने दावी गर्न सकिँदैन । यदि तिमी साँच्चै विनम्र छौ भने त्यसलाई व्यक्त गर्न सक्दैनौ । तिमी त्यसलाई भन्न मात्र सक्ने होइन अनुभव पनि गर्न सक्दैनौ, किनकि यसको अनुभव हुनुले नै फेरि अहंकार जन्माउँछ ।
हरेक व्यक्ति कायर हो । जसलाई तिमी बहादुर भन्छौ, त्यो तिनीहरूको मखुण्डो मात्र हो । गहिराइमा तिनीहरू पनि अरूजस्तै कायर हुन् र वस्तुत: अझै बढी कायर हुन् । बस्, आफ्नो कायरता लुकाउनको लागि तिनीहरूले आफ्ना चारैतर्फ बहादुरीको घेरा बनाएका हुन् । प्रायः तिनीहरू यसरी काम गर्छन् जसले गर्दा अरूले आफूलाई कायर नभनून् ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon