Shop Online For Books | Stationery | Fashion | Gift Items

Kitabai Kitab – Ashok Thapa

350

Availability: 5 in stock

SKU: Kitabai Kitab (RBD) Categories: , , Tags: ,
सम्वत् २०३६ कार्तिक २६ गते कास्की जिल्ला (साविक भरतपोखरी गा.वि.स) पोखरालेखनाथ महानगरपालिका – ३३ मा पिता लिलबहादुर थापा र माता गीनकुमारी बोहराका सुपुत्रका रूपमा जन्मेका अशोक थापाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (Ph.D.), एम्लिबएस्सी (पुस्तकालय विज्ञान) तथा शिक्षा शास्त्र सङ्कायमा बीएड गरेका छन् । ‘भूपि शेरचनलाई सम्झिंदा जनमत, २०५८ मा पहिलो समालोचना प्रकाशित भएपछि थापाका हालसम्म भाषासाहित्य र पुस्तकालय विज्ञान विषयसँग सम्बद्ध पाँच दर्जनभन्दा धेरै समालोचना तथा अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् । वर्तमान पुस्तामा फरक धारका समालोचकका रूपमा उभिएका थापाका ‘नाट्य समीक्षा र अन्य समालोचना (२०६५), ‘अनिवार्य नेपाली (२०६७) जस्ता पुस्तक प्रकाशित छन् । त्रि.वि. नेपाली केन्द्रीय विभागबाट प्रकाशित हुने ‘कुञ्जिनी’, ‘शार्दूल’ तथा ‘इन्फोलिब’ जस्ता पत्रिकाको कुशल सम्पादन गरिसकेका डा. थापा त्रि.वि. नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा प्रध्यापनरत छन् ।
पुस्तकालय व्यवस्थापन विषयको प्रशिक्षकसमेत रहेका डा. थापा नेपालका नाट्य समीक्षकहरूमा रङ्गमञ्चीय चेतनाबोध गर्नसक्ने अब्बल समालोचक त हुन् नै नाटकसिर्जना kazithapa@gmail.com र अभिनय कलामा उनको उपस्थिति लोभलाग्दो देखिन्छ ।

Kitabai Kitab – Ashok Thapa

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon