Shop Online For Books | Stationery | Fashion | Gift Items

Karmashil Jeewan Yatra – Jagatmardan Thapa

400

Availability: 5 in stock

SKU: Karmashil Jeewan Yatra (RBD) Categories: , , Tags: ,
कुनै विदेशी इतिहासकार इतिहास लेखनमा तल्लिन थिए । त्यही समय, उनको छिमेकमा केही व्यक्तिबीच झगडा भयो । उनी बाहिर निस्किए र त्यो झगडा हुनुको कारण सोधे । तर, उनलाई ज-जसले त्यो झगडाको विवरण सुनाए, एकले सुनाएको विवरण अर्कासँग मिल्दैनथ्यो । त्यसलगत्तै, ती इतिहासकारले घोषणा गरे, ‘मैले आफ्नै छिमेकमा भएको घटनाको त सत्य-तथ्य विवरण पाउँदिनँ भने इतिहास लेख्दा म कसरी सत्य-तथ्य कुरा लेख्न सक्छु र ? अबदेखि इतिहास लेख्ने काम गर्दिनँ । ती इतिहासकारले यस्तो घोषणा गरे पनि इतिहास लेख्ने क्रम रोकिएन । न त मानिसहरूले आफ्नो संघर्षका बान्कीहरूलाई पस्किने काम नै रोके ।
इतिहास लेख्ने अनेक तरिका हुन्छन् । कुनै पनि व्यक्तिको जीवनवृत्त पनि एउटा इतिहास हो । व्यक्तिको जीवनवृत्तलाई शब्द, दृश्यचित्र वा अरू कुनै माध्यमद्वारा स्केच कोर्नुको अर्थ, ती व्यक्तिले बाँचेको/भोगेको समाज, तत्कालीन राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रम र उसका जीवनका आरोह-अवरोहलगायत तमाम घटनाक्रमलाई सतहमा उतार्नु हो ।
वरिष्ठ गायक, गीति-सर्जक, कथाशिल्पी जगतमर्दन थापाको जीवन-चरित्रलाई नजिकबाट नियाल्नले पक्कै पाउने छन्- इमानदारिताको अद्वितीय नमुना । जीवनको पूर्वार्द्ध सांगीतिक सोखमा बिताएका थापा उत्तरार्द्धमा भने संगीत-कर्ममा प्रतिबद्ध रहे/रहँदै आएका छन्, आजपर्यन्त । उनले लामो समय सरकारको ‘नोकरी’ पनि गरे । तर, उनको ‘नोकरी’ जीवन एकजना समर्पित राष्ट्रसेवकको तह नाघेर अन्यत्र छरपष्ट हुन पाएन । सदैव एउटा नैतिक लगाममा बाँधिएर उनले जागिरे कर्मलाई डोऱ्याए । समृद्ध विरासत, अभिभावकबाट प्रदत्त नैतिक शिक्षा र आचरण, शैक्षिक-सामाजिक चेतनाजस्ता पक्षहरूले उनलाई जीवनको मार्गमा एक असल, इमानदार, कर्तव्यनिष्ट व्यक्तिको हैसियत बोकेर यात्रा चाल्न सदैव उत्प्रेरित तुल्याइरह्यो । यो नै जगतमर्दन थापाले आर्जन गरेको बहुमूल्य सम्पत्ति हो ।
‘कर्मशील जीवन-यात्रा’ मा सर्जक थापाको जीवन हिँडाइका अनेक विम्ब-प्रतिविम्बहरू तैरिएका छन् । उनको जीवन-यात्राका हरेक पाइला सन्तुलित देखिन्छन्, समृद्ध लाग्छन् र समुन्नत लाग्छन् । उनको आत्मगाथा पढ्दा अरूलाई पनि उनकै पाइला पछ्याउने रहर जागे अनौठो मान्नु पर्दैन ।
-विवश वस्ती

Karmashil Jeewan Yatra – Jagatmardan Thapa

Weight 0.3 kg
Authors

Language

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon