Jeewanka Bakra Rekhaharu – Balika Chaudhari

NPR200.00

Availability: 5 in stock

SKU: Jeewanka Bakra Rekhaharu (RBD) Categories: , Tag:
Weight0.3 kg
Authors

Language

Publisher

बवाल बालिका
बालिकाको बारेमा एकै शब्दमा भन्नु पर्दा उनी मलाई ‘बवाल’ लाग्छ । तर यो पुस्तक सम्पादन गर्ने क्रममा उनीसंग निकै ‘सवाल’ गर्नु पर्यो । पुस्तक पढ्दा पाठकले स्वतः छुट्याउन सक्छन् कि उनी अरूभन्दा फरक महिला हुन् । बाहिरी दुनियाँसंग मात्रै होइन, आफ्नै परिवारमा कठिनभन्दा कठिन परीक्षामा खरो उत्रिएकी उनको जीवन भोगाइबाट खास गरी धेरै ‘छोरी’ मान्छेले जीवन जिउने कला सिक्न सक्छन्, आँटिलो भएर अघि बढ्न सक्छन् । गोरेटोमा जतिसुकै काँडा बिच्छ्याइए पनि तिनलाई पन्छाउँदै बालिका सफलताको शिखर उक्लिएकी छिन् । जीवनमा सरल रेखा हिँड्नेहरू त तमाम हुन्छन् । तर जीवनका बक्र रेखाहरुमा हिँडेर गन्तव्यमा पुग्न सक्ने बालिका जस्ता थोरै हिम्मतिला हुन्छन् । थारू समुदायमा महिला लेखिकाहरूको खडेरी परेको बेला उनको यो पुस्तकले सञ्जिवनीको काम गर्नेछ भन्ने मेरो ठहर छ ।
कृष्णराज सर्वहारी साहित्यकार/पत्रकार

खुलदुलीमुलक जीवनयात्रा

जीवनमा मैले सयौलाई मार्गनिर्देशन गरेको छु, हजारौलाई मानव अधिकार, सामाजिक न्याय, नेतृत्व विकास, संस्कृति, साहित्य कलाका विषयमा सहजकीरण गरेको छु, अथवा भनौं मलाई फलो गर्ने धेरै युवाहरू सफल छन् । त्यसमध्ये लेखिका बालिका अव्वल श्रेणीकी मध्येकी एक हुन् जस्तो लाग्छ । मेरी चेली हुनुमा मलाई गर्व छ ।
जीवनका बक्ररेखाहरू बालिकाले हिँडेका बक्ररेखा मात्र होइनन्, समग्र नेपाली छोरीहरूले छिचोलिरहेका नियति हुन् । बस् उनले लेख्ने जमर्को र साहस गरिन् । उनका समग्र जीवनचक्र पढ्दा चलचित्र जस्तो लाग्छ । किशोरावस्थामा आवेगमा आएर आत्मग्लानी महसुस गरेर कुनै बेला आत्महत्या गर्ने सोंच बनाएकी लेखिका आज हजारौं युवाहरूको आशाको किरण अर्थात् रोलमोडल बनेकी छिन् । यस कुराले स्पष्ट हुन्छ कि एक व्यक्तिलाई असल व्यक्तित्व बनाउन सही मार्गनिर्देशन र असल संगत जरूरत पर्दछ । पुस्तक सबैले पढ्नै पर्ने पठनीय छ
सुशील चौधरी कवि/गीतकार

Jeewanka Bakra Rekhaharu – Balika Chaudhari

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop