Shop Online For Books | Stationery | Fashion | Gift Items

Jeevanko Pathshala – Narhari Acharya

1,111

Availability: 5 in stock

SKU: Jeevanko Pathshala (RBD) Categories: , , Tag:

Jeevanko Pathshala – Narhari Acharya |

यो किताब नेपालको राष्ट्रिय राजनीतिमा एउटा ठूलो परिवर्तन ल्याउने कार्यमा उल्लेखनीय योगदान गरेको एक व्यक्तिको कथा हो । यसमा नरहरिजीका । बाल्यकालदेखिका सबै कुरा यथार्थ रुपमा प्रस्तुत छन् । तिनले एउटा विचारशील नेताको बौद्धिक र नैतिक विकास कसरी हुँदोरहेछ भन्ने देखाउँछन् ।। विद्यार्थीकालदेखि प्राध्यापनकाल हुँदै राजनीतिक जीवनकालमा लोकतन्त्रका । मूल्य, मान्यता र प्रक्रियामा सुदृढ हुनगएको विश्वास, विचार र कार्यक्रम ने यस कथाका विविध विषयलाई फूलका थुङ्गा में उनेर यौटै माला बनाउने बलियो धागो बनेको देखिन्छ । यसबाट २०७२ मा बनेको गणतन्त्र नेपालको संविधान ल्याउनमा नरहरिजीको भूमिका वारे पनि धेरै थाहा हुन्छ ।

यसमा नरहरिजीको स्वदेश भ्रमणको वर्णनले निकै ठूलो ठाउँ लिएको छ । त्यस। भ्रमणका चार स्पष्ट उद्देश्य थिए – गणतन्त्र, संघीयता, संविधानसभाको चुनाव र नेपाली कांग्रेसको संगठनात्मक सुधारवारे जनमत तयार गर्ने । त्यस यात्रा। वर्णनले विपी कोइरालाको डायरी (२००८-२०१३) लाई सम्झाउँछ जसमा यस्तै। उद्देश्यपूर्ण स्वदेश तथा विदेश भ्रमणको उल्लेख छ । नरहरिजीले अमेरिका, बेलायत, इटली, जर्मनी, स्वीजरल्यान्ड, पाकिस्तान, भारत, चीनबाट लिएका राजनीतिक पाठहरु संक्षिप्त स्पमा लेखिएका भए पनि धेरै उपयोगी छन् ।।

साथै नरहरिजीले विपी, गणेशमान, किशुनजी, गिरिजाप्रसाद लगायतका नेताहरुका सामर्थ्य र सीमाका वारेमा गरेका टिप्पणीहरु छोटा भए पनि यथार्थ र वस्तुगत छन् । एउटा विशेष कालखण्डमा नेपाली कांग्रेसको उतार चढावका अनेकन प्रक्रियाबाट आफै गुजेको व्यक्तिले लेखेको हुँदा पनि यो किताब समग्रमा नेपाली कांग्रेसको आधुनिक इतिहास जस्तो बन्न पुगेको छ ।।

भयानक मस्तिष्कघातबाट लामो समय बोली गुमेर पुनः फर्किएपछि लेखिएको यस किताबमा विषयहरूको फैलावटलाई सुन्दर दार्शनिक निचोडमा पुयाएर। टुङ्याइएको छ, जुन यसको अर्को विशेषता हो ।

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Achyut Krishna Kharel Aatmakatha
    Achyut Krishna Kharel: Aatmakatha
    1 X 665 = 665
    Shop Ratna Online
    Right Menu Icon