Shop Online For Books | Stationery | Fashion | Gift Items

Hippie (Nepali) – Paulo Coelho

495

Availability: 5 in stock

SKU: Hippie (Nepali) (RBD) Categories: , , Tags: ,

Hippie (Nepali) – Paulo Coelho |

सन् १९६९ मा न्युयोर्कको बेथेलमा भएको ‘उडस्टक सङ्गीत महोत्सव’पछि जताततै ‘हिप्पी हेभन देखिन थाले । त्यति बेला याम्स्टरड्यामको ड्याम स्क्वायरमा झ्यापुल्ले र चम्किला लुगा लगाएका मानिस ध्यान गरिरहेका, सङ्गीतमा मग्न र यौनमुक्ति, चेतनाको विस्तार अनि अन्तर्सत्यबारे छलफल गरिरहेका भेटिन्थे । बा पुस्ताले बाँचिरहे जस्तो यान्त्रिक र प्रश्नविहीन जीवन नस्विकार्ने पुस्ता थिए ती ।त्यतिखेर पाउलो कोएलो लेखक बन्ने चाहना साँचेका र बोके दारी अनि लामो कपाल पालेका युवा हुन्छन् । स्वतन्त्रता र जीवनको अर्थ खोज्न उनी कहिले आफ्नी प्रेमिकासँग प्रसिद्ध ‘डेथ ट्रेन’ चढेर बोलिभिया पुग्छन् त कहिले ‘लिफ्ट’ माग्दै पेरू, चिली अनि अर्जेन्टिनातिर हानिन्छन् । यात्राले उनलाई टाढा याम्स्टरड्यामसम्म पनि पुऱ्याउँछ, जहाँ उनको भेट डच युवती कार्लोसँग हुन्छ । कार्लाले पाउलोलाई ‘म्याजिक बस’ चढेर युरोप र मध्य एसिया हुँदै काठमाडौं जाने प्रस्ताव गर्छिन् । र उनीहरू रमाइला सहयात्रीसँगै त्यतातिर निस्कन्छन् ।पाउलोका सहयात्री सबैसँग आआफ्नै कथाव्यथा हुन्छन् । यात्रामा ती सबै रूपान्तरित हुन्छन्, उनीहरूका प्राथमिकता र मूल्य परिवर्तन पनि हुन्छन् । पाउलो र कार्लाले पनि आफूहरूबीचको सम्बन्ध बुझ्न खोज्छन् । उनीहरूमा चेतना जाग्छ । उनीहरू विकल्प रोज्न वा निर्णय गर्न सक्ने हुन्छन् । त्यसले उनीहरूको जीवनको गोरेटो नै कोरिदिन्छ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon