Shop Online For Books | Stationery | Fashion | Gift Items

Geet, Kutta ra Court – Hariraj Bhattarai

200

Availability: 5 in stock

SKU: Geet, Kutta ra Court (RBD) Categories: , , Tag:

Geet, Kutta ra Court – Hariraj Bhattarai |

न्यायमूर्तिज्यू संभोग विवाह हुने गर्दैन । संभोग फरक हो र विवाह फरक हो । कति ठाउँ , कति पटक र कतिसँग संभोग हुन्छ सबैलाई विवाह र पति मान्दै हिड्ने ? छत्रा आक्रोशले प्रदीप्त देखिई ।
– अधिकारको रक्षा

‘ आम्मै , हुँदैन नि । हाम्रो त रगत नै चोखो छ , शरीर नै चोखो छ । मनै पवित्र छ । फेरि – फेरि विवाह गर्न कुनै अप्ठेरो छैन । राम्रो राम्रो तन्नेरीले हामीलाई पर्खिरहेकै हुन्छ । ‘ एउटीले भनी ।
– अर्को जन्म

‘ हो नि हरेक ठाउँमा मर्छ , हरेकका अगाडि मर्छ । एकपटक मात्र होइन , एक दिनमा ऊ हजार पटक मर्छ । र अझ भन्नुपर्दा उसले आफैलाई बारम्बार मार्छ र ऊ यसको अनुभूति छिनछिनमा गर्दैरहन्छ । यो अत्यन्त कठोर दण्ड भएन र ।
– खुला दण्ड

…यो अदालत नेता र झोलेहरूको संमान प्रवर्द्धनखातिर गाईलाई राष्ट्रिय पशुको दर्जाबाट निग्रह गरी आम पशुको रूपमा अवतरित गर्दछ र साम्यवादी व्यवस्थाको स्थापना दिवसको मितिदेखि लागु हुने गरी गाईको ठाउँमा कुत्तालाई राष्ट्रिय पशुको दर्जामा स्थापित गर्दछ र यो निर्णय सार्वभौम नागरिकमा संप्रेषित गर्दछ तथा राज्यसत्तालाई बोध गराउँछ । साथै कुकुर पूजाका दिन राज्यको तर्फबाट विशेष पूजा हुनेछ । कुत्तालाई सलामी टक्र्याइनेछ । त्यसका लागि चाहिने व्ययभार राज्यले नै उठाउने छ ।
– गीत , कुत्ता र कोर्ट

किनभने इतिहासको गौरवपूर्ण समय – खण्डमा अब्बल , सर्वोपरि जेठो , शक्तिमान मानिएको यो जाति सिरानबाट झरेर एकैचोटि बटमलाइनमा पुगेर कसरी बस्ला र ? जब कि अझै यस देशको धुरी भएर पुनः किरात साम्राज्य सञ्चालन गर्ने क्षमता राख्दछ ।
– फर्कियो सिंहदरबार

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon