Shop Online For Books | Stationery | Fashion | Gift Items

Falklands Journal – Ganesh Rai

325

Availability: 5 in stock

SKU: Falklands Journal (RBD) Categories: , , Tag:
खोटाङको डम्बर्ख, शिवालयमा २०१७ सालमा जन्मेका गणेश राई स्कुले जीवनदेखि साहित्यलेखनमा लहसिएका थिए । तर, बेलायती गोर्खा सेनामा आबद्ध भएपछि उनको साहित्यकर्म प्रेरणा र प्रकाशनको अवसरबाट वञ्चित भयो । कलमको ठाउँ राइफलले लियो । फौजी जीवनबाट सेवानिवृत्त भएपछि भने उनको लेखन-ऊर्जाको मूल फुट्दै गयो । छ-सात वर्षको अवधिमा एउटा कवितासङ्ग्रह राइफलले फलाकेको जिन्दगी तथा तीन वटा उपन्यास राइफलको नालबाट जीवन नियाल्दा, युद्ध एम्बुसमा राइफलको सङ्गीत र राइफलको मूर्च्छना गरी चार कृति उनले प्रकाशन गरे । उपर्युक्त कृतिहरूमैं फोकल्यान्ड जर्नल पनि युद्ध साहित्य नै हो, जसमा उनले दक्षिणी आन्ध्र महासागरस्थित एउटा टापुका लागि अर्जेन्टिना र बेलायतबीच सन् १९८२ मा भएको युद्धको विवरण प्रस्तुत गरेका छन् । त्यो युद्धमा गोर्खा फौजले क्रूरता र अमानवीयता प्रदर्शन गरेको थियो भनी ल्याटिन अमेरिकी देशहरूले अद्यापि लगाउँदै आएको आरोप सर्वथा झूटो रहेको उनले सप्रमाण उल्लेख गरेका छन् । एउटा सैनिकका रूपमा आफूसमेत संलग्न फोकल्यान्ड युद्धको यथार्थलाई उनले विश्वसनीय किसिमले प्रस्तुत गरेका छन् ।

Falklands Journal – Ganesh Rai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon