Shop Online For Books | Stationery | Fashion | Gift Items

Dr. Ambedkar Jeewani ra Darshan – Mitharam Bishwkarma

575

Availability: 5 in stock

SKU: Dr. Ambedkar Jeewani ra Darshan (RBD) Categories: , , Tag:
मिठाराम विश्वकर्मा एक विद्रोही । अर्थात् यसो भनौं उहाँ विद्रोहको लेपन गरेर विचारको औषधी पिलाउनु हुन्छ । र, मिठाराम एक सामाजिक वैज्ञानिक पनि हो । त्यसैले उहाँको विद्रोहमा विचार त हुन्छ नै साथै विज्ञानसम्मत पनि हुने गर्छ । यो पुस्तक ‘डा. अम्बेडकर विचार, विद्रोह र विज्ञानको त्रिवेणी हो । यो स्तरको पुस्तक दिनका लागि लेखकमा ठूलो तपस्याको आवश्यकता पर्छ । संसारमा कुनै पनि आमाको कोख समान र भीआइपी हुन्छ । चाहे त्यो कोख ओलाङचुङगोलाको झुपडीमा बस्ने आमाको होस् वा वासिङ्टनको महलमा बस्ने आमाको किन नहोस् । स्वतन्त्रता, आत्मसम्मान र अधिकारको सवालमा जन्मजात हरेक बच्चा समानरूपमा जन्मन्छ । मानवअधिकारको विश्वव्यापी घोषणाको धारा १ मा यस्तै लेखिएको पनि छ अर्थात् यो विश्व कानुन हो । तर जब मानव जन्मन्छ तब समाजमा विद्यमान अनेकौं रूढिवादले यस्ता सबै कुरालाई खारेज गरिदिन्छ । छुवाछुतलाई बचाउने मूल खाँबो भनेको गरिबी हो । यस पूँजीवादी समाजमा जहाँ पैसालाई नै ईश्वर मानिन्छ त्यहाँ गरिब हुनु भनेको नै दलित जस्तो हुनु हो । वास्तवमा छुवाछुत एक किसिमले वर्गीय विभेद् पनि हो । यदि जातको आधारमा गरिने यो अमानवीय भेद्भाव हटाउने नै हो भने सर्वप्रथम गरिबी हटाउनु पर्छ | नागरिकको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, सम्मान, स्वतन्त्रता र रोजगारीको सरकारले ग्यारेण्टी गर्नु नै पर्छ । जीवनमा एकछिन मात्र पनि अपमान भोग्नु भएको छ भने थाहा पाउनुहुन्छ, दलित समुदायमाथि यो छुवाछुत र भेद्भावले के गुजेको छ । पीडा भोग्नेलाई थाहा हुन्छ, अपमानको चोटले छात्तीको कुन कुनामा दुखाउँछ । एउटा मानव समुदायलाई हामीहरू ३ हजार वर्षदेखि भेद्भाव र अपमान गरिरहेका छौं । वास्तवमा यो मानवजातिको कुरूप पक्ष हो र यसलाई अब टुङ्ग्याउनु हानै दायित्व पनि हो । र, यसका लागि हामी सबैले केही न केही योगदान दिनै पर्छ । एउटा मानवलाई अर्को मानवले कुनै पनि आधारमा भेद्भाव गर्ने अवस्था छ भने बुझ्नु पर्छ, त्यो समाज अशिक्षामा छ । राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउन सके सबैखाले रूढिवाद निर्मूल हुन्छ । तर अवचेतनबाट रूढिवाद हटाउनु कुनै साधारण खेल होइन । जातको आधारमा गरिने राजनीति र धर्म परिवर्तन लागि गरिने सचेतनाका अभियानले घृणा फैलाउँदै जात व्यवस्थालाई अझ बढी मलजल गर्छ । र, यसले राज्यसँग लड़ने साहस त गर्दैन केवल अर्को जातिका विरुद्धमा घृणा फैलाएर द्वन्द्व बढाउने प्रयास गर्छ | जातको आधारमा गरिने यस भेद्भावलाई हटाउनका लागि सबैले विना स्वार्थ इमानदार प्रयास गर्नुपर्छ । र, यही इमानदारीमा यस पुस्तकले जोड पनि गरेको छ । मलाई के विश्वास छ भने आदरणीय मिठाराम विश्वकर्माले यस पुस्तक मार्फत नेपालको जातिगत भेद्भाव निर्मुल गर्ने शक्तिशाली विचार समेत प्रवाह गर्नु भएको छ । समस्या जहाँ छ त्यही स्थान र समुदायको मानिसले उठेर समाधान खोज्न थालेपछि समाधान चाँडै निस्कन्छ पनि । यो पुस्तक जातव्यवस्थाको उत्पत्तिदेखि आज हामीले भोगिरहेका समस्या देखाउने मात्र होइन समाधान खोज्ने शक्ति पनि राख्ने भएकाले भेद्भावमा पारिएका मानिसका लागि डा. अम्बेडकर’ नामक यो पुस्तक गीता सावित हुनेछ । यो पुस्तक पढेपछि मलाई थाहा भयो कति धेरै कुरा छुटेको रहेछ मैले बुझ्न ! धन्यवाद |

Dr. Ambedkar Jeewani ra Darshan – Mitharam Bishwkarma

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon