परिमाणात्मक अङ्क आफैमा अग्रपङ्क्तिमा छंदै छ, तर यो पारिमाणात्मक अङ्क मात्रले उनको साहित्यिक योगदानको हिमश्रृङ्खलाको आँकलन हुन सक्दैन । लेखनमा उनले ल्याएको श्यामव्यङ्ग्य (Black Humor) शैली, सूत्रकथा, सूत्र-उपन्यास, चतुष्क लेखन, अनुभवन्यासजस्ता नित्यनवीन प्रयोगहरू र प्रवृत्तिहरू तथा उपन्यासलाई आधुनिकतावादी युगबाट उत्तर आधुनिकतावादी युगमा प्रवेश गराएर नेपाली साहित्यको विधामा जुन योगदान गरेका छन्, त्यो अद्वितीय छ, अपूर्व छ र अतुलनीय छ । वरिष्ठ समालोचक जीवन जीवन्तको शव्दमा ‘उपन्यासकार ध्रुवचन्द्र गौतम नेपाली साहित्यमा नयाँ-नयाँ युग जन्माइरहने एक मात्र उर्वर सर्जक हुन् । उनी आफू जन्मिएको युगलाई नयाँ उँचाई प्रदान गर्दै अन्य नयाँ-नयाँ युग जन्माइरहने नेपालीका एक्ला नायक हुन् । |
Dhruba Chandra Gautam Lekhan Yatrako Athaun Dashakko Purbasandhya – Mahendra Bahadur Gurung
Reviews
There are no reviews yet