Degendra Rajbanshiko Atmahatya – Bimal Nibha |
आलुबखडाको बोटमा जुन दिन डेगेन्द्र राजवंशी पासो लागे , त्यो दिन नेपालको कम्युनिस्ट आन्दोलनले पनि एक किस्ता मृत्यु बेहोयो । अविराम उही आन्दोलनको अंश रहेका कवि विमल निभालाई दारुण विम्बका हैसियतले डेगेन्द्रले सदैव आलो रहने शोक दिए । र , यसरी यो सङ्ग्रह उनकै नाममा सचोट र सआक्रोश समर्पित छ ।
साढे पाँच दशकभन्दा बढी भइसक्यो , कवि विमल निभाले जगत्भरिका मान्छेका दुःख र शोकलाई आफ्ना कवितामा बास दिन थालेको । जनवादी , जनका जीवनवादी र जनका मुक्तिवादी कवि भएकाले उनको काव्य साधनाको पर्यावरण सदा प्रतिरोधी रहृयो । कुनै कवि मान्छेद्वेषी व्यवस्थाप्रति कतिसम्म आक्रामक हुन सक्छ , उनका कविताका मुद्रा त्यसका सबुत हुन् । त्यसमाथि उनले चलाउने व्यङ्ग्यको हतियार ! तब त उनका कविता भन्नासाथ एउटा खास तप्कालाई भयको कम्प छुट्छ । र , एउटा खास वर्ग ( उत्पीडित अनि गरिखाने ) लाई आफ्ना हातमा भरोसा , ऊर्जा र लडिरहने प्रेरणाको काव्य – इन्द्रेनी परेपछि आनन्दको कम्प र छुट्छ । कविका रूपमा विमल निभाको शक्ति यही हो कि तपाईं उनका कविताहरूसँग ‘ हाई – हेलो ‘ को मात्र सम्बन्ध कायम गर्न सक्नुहुन्न , मरिगए सक्नुहुन्न ! एक हरफसँग भेट हुनासाथ तपाईं यसरी बाँधिनुहुनेछ , त्यसपछि तपाईंलाई लाग्नेछ- पुरानो साथी भेटियो , जसले तपाईंका हरेक दुःखमा साथ दिएको थियो । यही साल सत्तरी टेकेका कविको सत्तरी वटा कविताको यो सङ्ग्रह तपाईंसँग पेटभरि बात मान आइपुगेको छ । -विनोदविक्रम केसी |
Reviews
There are no reviews yet