Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Chakravyuhama Nepalko Jalsrot – Dwarika Natha Dhungel
NPR2,500.00
Availability: 5 in stock
महाकाली सन्धिलगायत स्मेक र पश्चिम सेती, एनरोन र कर्णाली चिसापानी, कोसी उच्च बाँध जस्ता जलस्रोत सम्बद्ध जल्दाबल्दा मुद्दाहरूबारे सरकार र राजनीतिक दलको नेतृत्व वर्गमा के कस्तो चासो हुदो रहेछ भनेर पढ्न र बुझ्न चाहने नयाँ पुस्ताका लागिसमेत यो पुस्तक महत्वपूर्ण र उपयोगी छ। दीपक ज्ञवाली, प्राज्ञ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) एवं पूर्व जलस्रोतमन्त्री- यस सामग्रीमा नेपालको जलस्रोत-राजनीति सम्बद्ध घटनाहरू सिलसिलेवार तवरले राखिनुका अतिरिक्त नयाँ पुस्ताले सिक्नुपर्ने पाठहरू पनि जताततै पाइन्छन्। साथै महाकाली सन्धिका विषयमा भारतीय राजदूत र राजदूतावासको सक्रियता कस्तो रहेको थियो भन्ने प्रसङ्ग पनि सविस्तार पढ्न पाइन्छ। डा. प्रचण्ड प्रधान, पूर्व डीन, व्यापार, वाणिज्य तथा जनप्रशासन अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र संरक्षक, किसान व्यवस्थित सिँचाइ प्रवर्द्धन गुठी ऐनारूपी यस पुस्तकमा लेखकले जलस्रोत सचिव छंदा कति ठाउँमा हेपिनु, खेदिनु र खप्की खानु पो ती सबै सन्दर्भ उल्लेख गरेका छन्। साथै सरकार के हो? राजनीति के हो? राजनीतिक पार्टी के हुन्? नेता के हुन्, कस्ता हुन्? उनीहरु कोबाट परिचालित छन्? कसका अगाडि निरीह देखिन्छन्? त्यसको छनक पनि यो सामग्रीमा सहजै पाइन्छ तर पढ्ने धैर्य भने अवश्य चाहिन्छ। यो पुस्तक पढेपछि महाकाली सन्धिमा को कृष्ण, को कौरव, को पाण्डव अनि को शकुनि? छुट्याउन पाठकलाई समय लाग्ने छैन। साथै विदेशी कम्पनी र दूतावासका कर्मचारीहरू नेपालमा जलस्रोतसम्बद्ध योजना हात पार्न केसम्म गर्न तयार हुँदा रहेछन् भन्ने बुझ्न पनि कठिनाइ हुने छैन। यसबाहेक नेपालको जलस्रोतका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि त यो सुनखानी नै हो। |
Chakravyuhama Nepalko Jalsrot – Dwarika Natha Dhungel
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.