Shop Online For Books | Stationery | Fashion | Gift Items

Bipashyana Buddhako Shuddha Shiksha – Jaya Prasad Bhetwal

375

Availability: 5 in stock

SKU: Bipashyana Buddhako Shuddha Shiksha (RBD) Categories: , , Tag:

Bipashyana Buddhako Shuddha Shiksha – Jaya Prasad Bhetwal

लेखक श्री जयप्रसाद भेटवालको जन्म वि.सं. १९९७ साल भदौ १ गते ताप्लेजुङ्गको थेचम्बुमा भएको हो । वहाँ पिता स्वर्गीय रंगलाल भेटवाल र माता स्वर्गीय चन्द्रमाया भेटवालका ७ सन्तानमध्ये तेस्रो तथा ४ छोरामध्ये माहिलो हुनुहुन्छ । चरम गरिबी, अशिक्षा, पछौटेपनले जकडिएको र भौगोलिक रूपमा उच्च हिमाली भेगको त्यस बेलाको जनजीवन अति कष्टकर थियो । औपचारिक शिक्षाको पहुँच अत्यन्त कम भएको त्यस समयमा घरबाट नजिक स्कुल थिएन, पढ्नुपर्छ भन्ने चेतना थिएन, न त घरको आर्थिक अवस्था नै पढाउन सक्ने थियो । तर तत्कालीन समाजमा भएको थिचोमिचोले लेखकको बाल मस्तिष्कमा नराम्ररी विद्रोही स्वभाव
जन्माइदिएको मात्र थिएन, सकारात्मक ऊर्जा पनि भरिदिएको थियो । त्यही विद्रोही स्वभाव र सकारात्मक ऊर्जाको हुटहुटीले लेखकको मानस पटलमा आफु, परिवार र समाजमा परिवर्तनको लागि पढ्नै पर्छ भन्ने दृढ संकल्प जन्माइदियो । बाल्यकालमा सतिसालझै टुसाएको संकल्पलाई सँगालेर अगाडि बढ्दै जानेक्रममा श्री कालिका प्राइमरी स्कुलमा ५ कक्षासम्म र श्री मूलपानी मा.वि. आठराई, तेह्रथुममा ८ कक्षासम्म अध्ययन गरी श्री भानु मा.वि. ताप्लेजुङ्गबाट वि.सं. २०१९ मा एस.एल.सी. उत्तीर्ण गर्नुभयो र करिब २ वर्ष श्री कालिका प्राइमरी स्कुल, थेचम्बुमा अध्यापन गर्नुभयो । यसले जीवनयापन केही सहज भयो तर जीवन सोचे जस्तो सरल रेखाबाट नहिँड्ने रहेछ । विगतमा बसौदेखि थिचोमिचो गरेर बसेकाहरूको लागि वहाँ आफु एक जना मात्र चुनौती बनिदिनुभएन, आफूजस्ता थुप्रै शिक्षित जमात पनि उत्पादन गरेर अन्धकारमा दियोको भूमिका निभाउन थाल्नुभयो । उनीहरूका निम्ति यो ठूलो चुनौती भयो र स्वाभाविक रूपमा षड्यन्त्रका स्वरहरू सुनिन थालियो । उच्च शिक्षा हासिल गर्ने अविचलित इच्छा र षड्यन्त्रका स्वरहरू दुवैको समाधानको रूपमा वहाँले विराटनगरको नयाँ यात्रा सुरू गर्नुभयो, जसले वहाँलाई निजी अध्यायनबाट स्नातक तह उत्तीर्ण गर्ने अनि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा खरदारदेखि प्रथम श्रेणीको अधिकृतको जिम्मेवारीमा पुयायो र २०५१ सालमा सेवा निवृत पनि हुनुभयो । आध्यात्मिक खोजको प्यास वहाँमा पहिलेदेखि नै भएकाले सेवा निवृत्त भएपछि विभिन्न आध्यात्मिक पुस्तक अध्ययन र साधना गर्न थाल्नुभयो । त्यस क्रममा वि.स. २०५७ सालमा पहिलो पटक विपश्यनाको १० दिने शिविरमा भाग लिने अवसर जुरेपछि आध्यात्मिक खोजको यात्राले सही सन्तब्य भेटेको अनुभूति उहाँलाई भयो । तत्पश्चात विपश्यना साधनामा निरन्तर साधनारत हुनुहुन्छ र सहायक प्राचार्यको रूपमा विपश्यना शिविरहरू पनि सञ्चालन गर्दै आउनुभएको छ । जागिरे जीवनसँगै वहाँले साहित्य साधनालाई पनि अघि बढाउनुभयो । वहाँका रम्भा (कथा संग्रह) आकाश पाताल (उपन्यास), अनजान धुनहरू (कविता संग्रह), दुस्ख मुक्तिको सन्देश (आध्यात्मिक खोज कृति), बुद्धको शुद्ध शिक्षा (आध्यात्मिक खोज कृति) प्रकाशित कृति हुन् । अनुहार र पाइला (उपन्यास), गीतान्जली (अनुवाद), अन्तरयात्रा संघर्ष (डायरी) अप्रकाशित कृति हुन् । बुद्धको शुद्ध शिक्षालाई थप परिमार्जन सहित विपश्यना (बुद्धको शुद्ध शिक्षा) को नामबाट दोस्रो संस्करण प्रकाशित भएको छ । वहाँ हाल तीन विराटनगर, तीनटोलियास्थित निवासमा विपश्यना साधनारत हुनुहुन्छ । वहाँकी श्रीमती इन्द्रमाया भेटवाल र सातजना छोरीहरू हुनुहुन्छ ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon