Bhedigothadekhi Rastriya Panchayatsamma – Dawaphinjo Tamanga |
हिमाली जिल्ला रसुवाको एउटा भेडी गोठालो ठिटो दावाफिन्जो तामाङ देशको सर्वोच्च संस्था राष्ट्रिय विधायिकाको दोस्रो ठूलो पद उपाध्याक्ष बनेको रोमाञ्चक जीवन वार्ता यस कृतिमा छ । हालसम्मकै इतिहास हेर्दा पनि उक्त पदमा पुग्ने उनी एक्लो तामाङ हुन् । लाङटाङ हिमालको फेदमा रहेको एउटा भेडी गोठमा उनको जन्म हुन्छ, भेडा चराउँदै हुर्किन्छ र त्यस क्षेत्रको रणवन चाहार्छ । कैयौं दिनसम्म आफन्तका लाससँगै सुत्छन् । विश्वसँग वेखबर रहेको समय र समाजबाट जीवनलाई कोल्टे फेर्दै उनी राजनीतिमा प्रवेश गर्छन्, एकाएक राजा वीरेन्द्रसँग घनिष्टता बढ्छ र राष्ट्रिय पञ्चायतको उपाध्यक्षसम्मको यात्रा तय गर्न पुग्छन् । अनि, उनको जीवनकालमै दुर्गम जिल्ला रसुवाले विकासमा फड्को मार्छ | लेखक खोजराज गोले र पेमा मोक्तानले उहाँको यिनै जीवन वार्तालाई जीवन्त ढंगले अक्षरमा उतारेका छन् । जीवनका हरेक पाटोलाई आकर्षक शैलीमा उनेका छन् । मलाई विश्वास छ- यस पुस्तकबाट पाठकहरू दावाफिन्जोसँगै लाङटाङ हिमाललाई अवलोकन गर्दै वनजंगल, खोला र खर्कहरू घुमिरहेका हुनेछन् । अमृत योन्जन तामाङ, भाषाविद् |
Reviews
There are no reviews yet