Shop Online For Books | Stationery | Fashion | Gift Items

Bhanubhaktakrit Bhasharamayan – Shivaraj Acharya Kaundinyayan

595

Availability: 5 in stock

SKU: Bhanubhaktakrit Bhasharamayan (RBD) Categories: , , Tag:

Bhanubhaktakrit Bhasharamayan – Shivaraj Acharya Kaundinyayan |

प्रस्तुत संस्करणका विशेषता

भानुभक्तकृत भाषारामायणको प्रस्तुत संस्करण मुख्य रूपमा भानुभक्तका सन्ततिबाट आएको भनिएका राष्ट्रिय अभिलेखालयमा रहेका हस्तलिखित पुस्तकका आधारमा प्रस्तुत गरिएको छ । अरु दुइ हस्तलिखित पुस्तकहरुको र देवराज – डमरुवल्लभहरुका छापापुस्तकसमेत तिन – चार मुद्रित पुस्तकहरुको पनि सहायता लिइएको छ । एसमा भानुभक्तका सन्ततिबाट आएको भनिएका हस्तलिखित पुस्तकको लेखनलाइ यथोचित रूपमा प्रायः जस्ताकोतस्तो प्रस्तुत गर्न प्रयास गरिएको छ । सामान्य पाठकलाइ अश्जिला र नौला लाग्ने केइ पदहरुलाइ भने चल्तिका रूपमा परिवर्तन गरिएको छ । मोतीरामादिले हालेका क्षेपकहरुलाइ झिना अच्छेरमा छपाइ भानुभक्तका रचनाबाट तिनलाइ छुट्ट्याएर देखाइएको छ ।

एस संस्करणमा भानुभक्तका सम्यक् सम्पादित लघुकृतिहरु र फुटकर श्लोकहरु पनि परिशिष्टमा राखेर एस संस्करणलाइ भानुभक्त – कृति – सङ्ग्रहका रूपमा प्रस्तुत गरिएको छ । भानुका कृतिहरुमा प्रयुक्त विशेष शब्दहरुको अर्थसहित सङ्ग्रह पनि परिशिष्टमा दिइएको छ । रामायण – श्लोकपादानुक्रमणिका र प्रश्नोत्तरमालादि श्लोकपादानुक्रमणिका पनि संलग्न गरिएको छ । निदर्शनका लागि रामायणका लेखोटका छायाप्रतिलिपिका केइ पत्रहरु पनि दिइएका छन् । भूमिकामा भानुभक्तको संक्षिप्त जीवनचरित्र र उनका कृतिको संक्षिप्त समीक्षा पनि प्रस्तुत गरिएको छ । भानुभक्तको मोतीरामले प्रस्तुत गरेका रेखाचित्रमा आवश्यक देखिएको परिष्कार पनि गरिएको छ । पाठसमीक्षात्मक संस्करणमा ( २०६७ ) प्रकाशित अनुकरण वा हुबहु नक्कलै गर्न अरुले पनि थालेका छन् ।

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon