Weight | 0.3 kg |
---|---|
Authors | |
Language |
Astabakra Geeta – Kamal Prasadd Dhungana
NPR350.00
Availability: 5 in stock
भगवान् श्री रामकृष्ण परमहंस माताकालीको प्रातकालीन नित्य पूजा पुर्ण गरेर बाहिर घाममा निस्कनुभएको थियो। त्यही समयमा ५/७ जना कलेजका विद्यार्थी आएर कोही दर्शन गर्न भित्र गए कोही भगवानको छेउमा बसे । तिनमा एकजना विद्यार्थी जो अत्यन्त प्रबल ऊर्जावान् छन्, उनीले सिधैं भगवान्तर्फ हेरेर ‘के तपाईको भगवान्लाई देखाउन सक्नुहुन्छ ?’ अरू जोड गरेर भने ‘देखाउन नसके यो आडम्बर गर्न पाइँदैन । यस्तो ठाडो र अहङ्कारले युक्त युवकलाई भगवान्ले नियालेर हेर्नुभयो । अत्यन्त ऊर्जा, जिउँदो, वीर्यवान, उदण्ड युवक देखेपछि भगवानले सम्झनुभयो “मैले खोजेको युवक यही हो जसले भोलि मेरो कार्य सम्हाल्नेछ।” भगवान्ले बडो नम्र वचनमा भन्नुभयो, “बाबु म बूढो भएँ । यो किताब पढेर मलाई सुनाऊ न । आँखा कमजोर भएर पढ्न सक्तिनँ ।” यति भनेर भगवानले नरेन्द्रलाई एउटा पुस्तक दिनुभयो । नरेन्द्रले पनि बूढाले भनिहाले भनेर त्यो पुस्तक पढेर सुनाउनथाले । बीस श्लोक पढिसक्दा “भगवान् मेरो प्रश्नको उत्तर पाएँ, अब म पढ्न सक्दिनँ” भनेर नरेन्द्रले पुस्तक राखे। ती युवक थिए ‘स्वामी विवेकानन्द’ त्यो पुस्तक थियो ‘अष्टावक्र गीता।’ – ओशो |
Astabakra Geeta – Kamal Prasadd Dhungana
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.